बाहुण्डाँगी । बसामाडी जेसीजको २०२२ का लागि अध्यक्षमा चिराग अग्रवाल निर्वाचित हुनु भएको छ । शाखाको २२ औ साधारण सभा एवं अधिवेशनबाट २०२२ का लागि अग्रवाल निर्बिरोध निर्वाचित हुनु भएको हो । शाखको कार्यकारीणी उपाध्यक्षा सरोज पौडेल, सुरज डंगोल उपाध्यक्षहरुमा मनिष घिमिरे, बिजय कार्की, असिम ढुंगाना र अनिल भण्डारी निर्वाचित भएका शाखाका अध्यक्ष गौतम के. सी.ले बताउनु भयो ।


