बाहुण्डाँगी । चन्द्रनिगापुर सिटि जेसीजको ८ औँ पदहस्तान्रण समारोह समपन्न भएको छ । २०२१ का अध्यक्ष लोकेन्द्र खड्काले २०२२ का नवनिर्वाचित अध्यक्ष उज्जवल रिजाललाई आफ्नो गलमा भएको जेसीज चेन हस्तान्रण गर्नु भएको थियो । यस अघि भएको साधारणसभाबाट अध्यक्ष रिजाल सहित कार्यकारीणी उपाध्यक्षमा हरिकृष्ण न्यौपाने, चिरञ्जीवि गौतम, उपाध्यक्षहरुमा धर्मराज सहनी, पुजन सत्याल, बप्पी थापा मगर र सबिन पौडेल निर्वाचित हुनु भएको थियो । अध्यक्ष रिजालले महासचिवमा रञ्जन श्रेष्ठ, कोषाध्यक्षमा जानुका सापकोटा कार्की र कानुनी सल्लाहकारमा जितेन्द्र रौनियारलाई मनोनित गर्नु भएको थियो । निर्वाचित र मनोनित सबैलाई सपथ ग्रहण गराइएको थियो ।

शाखाका अध्यक्ष लोकेन्द्र खड्काको सभापतित्व तथा नेपाल जेसीजका पूर्व राष्टिय अध्यक्ष प्रा.डा.जेसीआई सिनेटर दिपक शाक्यको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष सुनिल तिम्सिना, निरुपित राष्टिय उपाध्यक्ष सिनेटरु नरेशचन्द्र ओझा, नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष शोभा खरेल,

मातृ शाखाका अध्यक्ष रञ्जन रावत, २०२२ का अध्यक्ष अमृत गौरो, संस्थापक अध्यक्ष सरद श्रेष्ठ, मनोहरा जेसीजका अध्यक्ष सागर रोक्का, लालबन्दी जेसीजका अध्यक्ष श्याम खड्का, सिमरा जेसीजका अध्यक्ष शालिकराम अधिकारी, कलैया सिटिका अध्यक्ष शम्भूप्रसाद गुप्ता, शाखाका निवर्तमान अध्यक्ष दिलिप साकोटा, दिपक रेग्मी, लोकबहादुर श्रेष्ठ, नारायण न्यौपाने, कृष्णदेव यादवलगायतको उपस्थिति रहेको थियो ।


