बाहुण्डाँगी । सुनवल जेसीजको २०२२ को अध्यक्षमा जमुना थापा निर्वाचितहुनु भएको छ । मंगलवार सम्पन्न शाखाको १० औ अधिवेशनले थापालाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । २०२१ को महासचिवमा रहेर कुशल जिम्मेवारी पुरा गरिसक्नु भएको छ । यस शाखाका लागि थापा दोस्रो महिला अध्यक्ष हुन् । संस्थाले २०१९ मा ममता पौडेलले पहिलो महिला अध्यक्ष पाएको थियो ।

शाखाको कार्यकारीरिण उपाध्यक्षमा विनोद पाण्डे, सोम प्रसाद पौडेल, उपाध्यक्षहरुमा विश्वास श्रेष्ठ, दिल बहादुर तिवारी, कृष्ण प्रसाद ढकाल, जंग बहादुर मल्ल निर्वाचित भएका शाखाका वर्तमान अध्यक्ष बासुदेव पौडेलले बताउनु भयो ।

