संघ \संस्था

हर्कबहादुर कडायतद्धारा अत्तरिया जेसीजको पदभार ग्रहण

बाहुण्डाँगी । अत्तरिया जेसीजका लागि २०२२ का अध्यक्ष हर्कबहादुर कडायतले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । शाखाको १० औँ पदहस्तान्रण समारोह अवसर पारेर कडायतलाई २०२१ का अध्यक्ष पदमराज ओझाले कार्यभार सुम्पिनु भएको थियो । नेपाल जेसीज २०२२ का राष्टिय अध्यक्ष जेसीआई सिनेटर लालमणी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले अत्तरिया जेसीजले स्थापनाको छोटो समयमा विभिन्न उपलब्धी हासिल गर्दै नेपाल जेसीजसम्मको यात्रा तय गरेको बताउनु भयो । साथै उहाँले संस्थाले प्राप्त गरेको जग्गामा २०२२ को टिमले भवन निर्माणमा महत्वपूर्ण काम गर्न सक्ने विश्वास समेत प्राप्त गर्नु भयो ।


यस अघि भएको साधारणसभाबाट अध्यक्ष कडायतसँगै कार्यकारणिी उपाध्यक्षमा प्रदिप खड्का, भगवती साँउद, उपाध्यक्षहरुमा रमेश कडायत, अनिष सिंह, भावना भट्ट, जेसन मडै निर्वाचित भएका थिए । पदहूस्तान्रण समारोहमा अध्यक्ष कडायतले महासचिवमा प्रकाश मल्ल, कोषाध्यक्षमा कपिल कडायत र कानुनी सल्लाहकारमा मान ऐरलाई मनोनित गर्नु भएको थियो ।


शाखाका २०२१ का अध्यक्ष पदमराज ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्टिय कोषाध्यक्ष कमल पनेरु, संस्थापक अध्यक्ष गिरिराज कडायत, पूर्व अध्यक्षहरु बिमल खत्री, लोकराज पाण्डे, भरत खड्का, तेज खड्का, दिनेश बोहरा, कमल कडायत, गणेश शाह, प्रमोद अधिकारी, महेन्द्रनगर जेसीजका अध्यक्ष हरिष भट्ट, नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सभापति बसन्त रोकायलगायतको सहभागिता रहेको थियो ।