झापा । झापाको कनकाई नगरपालिकामा बाबुले चलाएको ट्याक्टरले किचेर छोरीको मृत्यु भएको छ ।
कनकाई ७ दुर्गापुरमा बालकृष्ण दुलालले चलाएको ट्याक्टरले किचेर आफ्नै २ बर्षिय छोरी आरुची दुलालको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।
दुलालको मे १ त ७५४९ नम्बरको टयाक्टर पछाडि सार्ने क्रममा ट्याक्टर पछाडि खेलीरहेकी आफ्नै छोरीलाई किचेका थिए । छोरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक मानबहादुर जिम्बाले बताउँनुभयो । हाल टयाक्टरलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।

