झापा । राष्ट्रिय युवा संघ नेपाल झापा क्षेत्र नम्बर-५ काे उपाध्यक्षमा सुरेश काफ्ले चयन हुनुभएकाे छ । हालै सम्पन्न युवा संघ झापा क्षेत्र नम्बर-५ काे बैठकले काफ्लेलाई सर्वसम्मत रुपमा उपाध्यक्षमा मनाेनीत गरेकाे हाे । यसअघि माओवादी निकट वाइएसीएल दमककाे अध्यक्ष तथा झापा जिल्ला सदस्य रहनुभएका काफ्ले केही समय अघि एमाले प्रवेश गर्नुभएकाे थियाे । एमाले Read More…
Day: February 12, 2022
माछा मार्ने क्रममा करेन्ट लागेर मेचीनगरमा एक जनाको मृत्यु
झापा । झापाको मेचीनगर १३ स्थित फुलबासा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–१३ का ५० बर्षीय मानबहादुर रसाइली रहेका छन् । आफ्नो घरबाट करेन्ट लगाएर खोलामा माछा मार्नेक्रममा रसाइलीको मृत्यु भएको मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए । शनिबार ५ बजे बराइलीले घरबाट १५ मिटर Read More…
पाँचौँ झापा गोल्डकपका लागि मैदानको स्तरोन्नति सुरु
झापा । पाँचौँ संस्करणको झापा गोल्डकप २०७८ नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति सुरु गरिएको छ । यही फागुन २१ गतेदेखि हुने झापा गोल्डकपका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत सुरु गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । मैदानको झार गोडेर रंगशालालाई पुरानै अवस्थामा पुर्याउन गोडमेल तथा मर्मतको काम सुरु Read More…
मगमग चाउचाउ उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी
झापा । झापाको एक चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । मेचीनगर नगरपालिका वडा नं.१४ दुहागढी स्थित मगमग चाउचाउ कारखानामा आज विहान करिब ५ बजेदेखि आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा झापा, मोरङ, इलाम र सुनसरी जिल्लाका दर्जनबढी दमकल प्रयोग भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए Read More…




