राजनीति

राष्ट्रिय युवा संघ झापा क्षेत्र नम्बर-५ काे उपाध्यक्षमा सुरेश काफ्ले

झापा । राष्ट्रिय युवा संघ नेपाल झापा क्षेत्र नम्बर-५ काे उपाध्यक्षमा सुरेश काफ्ले चयन हुनुभएकाे छ ।

हालै सम्पन्न युवा संघ झापा क्षेत्र नम्बर-५ काे बैठकले काफ्लेलाई सर्वसम्मत रुपमा उपाध्यक्षमा मनाेनीत गरेकाे हाे । यसअघि माओवादी निकट वाइएसीएल दमककाे अध्यक्ष तथा झापा जिल्ला सदस्य रहनुभएका काफ्ले केही समय अघि एमाले प्रवेश गर्नुभएकाे थियाे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीकाे उपस्थितिमा झापामा भएकाे बृहत पार्टी प्रवेश कार्यक्रममा काफ्ले एमाले प्रवेश गर्नुभएकाे थियाे । नेकपा एमालेका केन्द्रीय सदस्य गाेविन्द थापाकाे विशेष पहलमा काफ्ले एमाले प्रवेश गर्नुभएकाे हाे ।

बैठकले क्षेत्रीय कमिटी सदस्य पनि मनाेनीत गरेकाे छ । ऋतु नेम्वाङ,विक्रम निराैला,पदम सुन्दास,भिष्म अधिकारी,लेखनाथ मिश्र, अर्जुन भण्डारी लगायत नेताहरु सदस्यमा मनाेनीत हुनुभएकाे छ ।