विहानी पख सूर्यको किरणसँगै
हिमालका लहरहरु मुस्कुराए झैँ
आकाशको बादललाई छिचोल्दै तिमी
चन्द्रमामा मुस्कुराई रहन्छौ रातकी रानी ।
सप्तरंगी फूलहरुको मिठो
सुवास लिएर,
ती खुसीका पलहरु कोर्न गइरहेछु
तिमीसँग रातकी रानी ।।
हृदयको स्मृतिमा लकडाउन गरी
राखेको छु,
ती मिठा मिठा कोशेलीहरु
तिम्रो मिठो मुस्कानसँगै रातकी रानी ।।।
सूर्य अस्ताउने समयमा
हिमालहरुले घुम्टो ओढे झैँ
औँशीको रातमा कति बस्छौ घुम्टो ओढी
रातकि रानी ।।।।
जानुका नाल्बो लिम्बू बेलबारी ११ लक्ष्मीमार्ग, मोरङ

