अप्रत्याशित ढंगले आएको महाभियोग प्रस्ताव र एमसीसी प्रवेशको मुद्दाले अहिले राष्ट्रिय राजनीति अचानक गञ्जागोलको दशामा पुगेको छ । अबको राजनीतिक दिशा के हुने हो ? अनुमान मात्र लगाउन सकिने अवस्था विकास भएको छ । यद्यपि, गञ्जागोलकै बीचमा पनि नेपाली काँग्रेस सभापति देउवा नेतृत्वको गठबन्धन सरकारले केही दिनपूर्व स्थानीय तह निर्वाचन घोषणा गरेसँगै नेकपा (एमाले) सम्पूर्ण Read More…
Day: February 16, 2022
मछिन्द्रले जित्यो ‘ए’ डिभिजन लिगको उपाधि
काठमाडौं । मछिन्द्र फुटबल क्लबले कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै मछिन्द्र दुई खेल अगावै च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे । खेलको ५३ औं मिनेटमा अजरबैजानका खेलाडी नोर्लानले निर्णायक Read More…
रियल म्याड्रिडमाथि पीएसजीको जित
काठमाडौं । युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलको पहिलो खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले स्पेनिस् क्लब रियल म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा पीएसजीले रियल म्याड्रिडलाई लगातार दवावमा राखेपनि गोल लागि अन्तिम समय नै कुर्नु परेको थियो । केलियन एमबाप्पेले इन्जुरी समयमा गरेको Read More…
एमसीसीको विरोधमा आज नेपाल बन्द
काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा आजनेपाल बन्दको घोषण गरिएको छ । विभिन्न ६ दलीय मोर्चाले एमसीसीको विरोधमा बुधबार (आज) नेपाल बन्द गर्ने घोषणा गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका हुन् ।




