बाहुण्डाँगी । गैडाकोट जेसीज र सहमति गैंडाकोटको सहकार्यमा नारायणी नदी सरसफाइ अभियान सुरु गरिएको छ । शनिवार सुरु गरिएको अभियानमा नवलपुरमा रहेको नारायणी नदिमा भएको फोहर ब्यवस्थापनको लागि सबैको अपनत्व हुनु पर्ने सन्देशका साथ सरसफाइ अभियान सुरु गरिएको हो । घर घर सफा भए टोल सफा, टोल टोल सफा भए नगर सफा, नगर नगर सफा भए जिल्ला सफा र जिल्ला जिल्ला सफा भए पुरा देश सफा र सुन्दर बन्नेछ भन्ने उद्देश्य ले एक सकारात्मक सोचका साथमा सबैमा फ़ोहोर ब्यवस्थापन को प्रभाव परोस् भन्ने सोचका साथमा गैंडाकोट जेसीजले विभिन्न सस्था संगको समन्वय र सहकार्यमा कार्यक्रम सफलता पुर्वक सम्पन्न भयो । शाखाले फोहोर फाल्दै गर्दा सोचौ नदी सफा राखौ भन्ने नाराका साथ नेपाल जेसीजको २०२२ को प्रकरणलाई सार्थक रुप दिन अभियान थालिएको शाखाका अध्यक्ष शंकर अधिकारीले बताउनु भयो ।

दिगो विकासको लक्ष्य अन्तर्गत गरिएको कार्यक्रममा शाखाका पूर्व अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो । शाखाले आगामी दिनमा यसलाई अझ सशक्त रुपमा लैजाने समेत अध्यक्ष अधिकारीले बताउनु भयो ।

अभियानमा गैडाकोट नगरपालिकाका मेयर छत्रबहादुर पौडेल, उपमेयर विष्णुकुमारी कंडेल, वडा नम्बर १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटा, वडा नम्बर २ का अध्यक्ष धुब्रराम पौडेल, इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी नायव उपरिक्षक लक्ष्मी पाण्डेलगायतले नदी सफाइमा सबैले साथ दिनु पर्ने बताउनु भयो ।

