बाहुण्डाँगी । गैडाकोट जेसीजद्धरा शाखामा एकदिने प्रि इन्डक्सन तथा लोम अफिसर तालिमको आयोजना गरिएको छ । शाखाका पदाधिकारीहरु तथा सदस्यहरुको सहभागितामा भएको उक्त तालिममा नेपाल जेसीजका निवर्तमान कार्यकारीणी उपाध्यक्ष शिवप्रसाद भुषालले प्रशिश्रण गर्नु भएको थियो । भुषालले जेसीज युवाहरु जेसीज अभियानमा लागे पछि पाउने अवसर र चुनौतीका बारेमा सहभागिलाई जानकारी गराउनु भएको थियो ।

शाखाका अध्यक्ष शंकर अधिकारीको सभापतित्वमा सम्पन्न तालिमले संस्थालाई गतिशिल बनाउन अझ हौषला प्राप्त भएको बताएका थिए । तालिम आयुक्त लक्ष्मण कंडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव रोजन घिमिरेले गरेका थिए ।

