काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स कारोबारको सीमा घटाएको छ । राष्ट्र बैंकले प्रतिदिन एक जना व्यक्तिले २५ हजार रुपैयाँमात्रै पठाउन सकिने व्यवस्था गरेको हो । यसअघि नेपालभर १ लाख रुपैयाँसम्म कारोबार गर्न पाइने व्यवस्था थियो । यो व्यवस्था बुधबारदेखि नै कार्यान्वयनका लागि रेमिट्यान्स कम्पनीहरुलाई निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ ।
Day: March 2, 2022
दारी ग्याङद्धारा रक्तदान कार्यक्रम
झापा । दारी ग्याङ झापाले बुद्धशान्तिमा बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिला सहित ५५ जनाले रक्तदान गरेका छन् । पछिल्लो समय झापा लगायतका विभिन्न जिल्लाहरुमा रगतको चरम अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको दारी ग्याङ झापाका अध्यक्ष तथा कार्यक्रम सभापति गोकुल पौडेलले जानकारी दिए । बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्यता तथा नेपाल Read More…
प्रेस चौतारी विर्तामोड नगर कमिटी गठन, अध्यक्षमा सुवेदी
झापा । प्रेस चौतारी नेपालको बिर्तामोड नगर कमिटी गठन गरिएको छ । बुधबार नेकपा एमाले बिर्तामोड नगर पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रेस चौतारी बिर्तामोड नगर कमिटी गठन गरिएको हो। प्रेस चौतारी झापाका सहसचिव अच्युत सुवेदीको अध्यक्षतामा गठित नगर कमिटीको सचिवमा राजकुमार ओली, कोषाध्यक्षमा कोपिला तिवारी र सदस्यहरुमा सरोज पौडेल, सन्तोष न्यौपाने, एकराज प्रधान, छेत्रलाल राजवंशी Read More…
भोलि देशभर सार्वजनिक बिदा
काठमाडाै । सरकारले भोलि (फागुन १९ ) गते बिहीबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। शेर्पा समुदायले नयाँ वर्षको रुपमा मनाउने ग्याल्पो ल्होसारको उपलक्ष्यमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थाहरुमा सार्वजनिक बिदा दिने गरेको Read More…
झापामा अधिकांश क्रसर उद्योग अवैध, नियमनकारी निकाय नै सेटिङ्गमा
झापा । झापाका विभिन्न नदी किनारा, सडक छेउ र जंगलमा क्रसर छन् । मापदण्डअनुसार कुनै पनि क्रसर छैनन् । सरकारले बनाएको मापदण्डअनुसार राजमार्गको ‘राइट अफ वे’, खोला वा नदी किनार, पक्की पुल र ऐतिहासिक ताल, तलैया, जलाशय र पोखरीबाट पाँचरपाँच सय मिटर टाढा क्रसर राख्नुपर्छ । तर, झापाका अधिकांश क्रसर खोलाको बगरमा छन् । उनीहरूले Read More…
महासंघ अध्यक्ष गिरीद्धारा पत्रकार उपचार कोषलाई २५ हजार प्रदान
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले बुधबार पत्रकार सहारा उपचार कोषलाई २५ हजार रुपैयाँ प्रदान गरेका छन् । पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक समेत रहेका गिरीले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि उक्त रकम प्रदान गरेका हुन् । गत असोज १८ गते आफ्नो जन्मोत्सवको अवसर पारेर गिरीले कोषमा सहयोगको Read More…
गैडाकोट जेसीजमा लोम अफिसर तालिम
बाहुण्डाँगी । गैडाकोट जेसीजद्धरा शाखामा एकदिने प्रि इन्डक्सन तथा लोम अफिसर तालिमको आयोजना गरिएको छ । शाखाका पदाधिकारीहरु तथा सदस्यहरुको सहभागितामा भएको उक्त तालिममा नेपाल जेसीजका निवर्तमान कार्यकारीणी उपाध्यक्ष शिवप्रसाद भुषालले प्रशिश्रण गर्नु भएको थियो । भुषालले जेसीज युवाहरु जेसीज अभियानमा लागे पछि पाउने अवसर र चुनौतीका बारेमा सहभागिलाई जानकारी गराउनु भएको थियो । शाखाका Read More…
बुटवल लेडी जेसीजद्धारा बृद्धाआश्रममा खाद्यन्न वितरण
बाहुण्डाँगी । बुटवल लेडि जेसीजको आयोजनामा बुटवल २ मा रहेको बृद्धाआश्रममा खाद्यान्न बितरण तथा भजनकृतन गरिएको छ । आश्रममा आश्रीत आमाबुबालाइ दैनिक उपभोग्य सामाग्रीहरु चामल, नुन, दाल, तेल, भुजा लगायतका खाद्यासामग्री बितरण गरिएको हो । अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बटवल २ का वडाध्यक्ष रमेश खनाल,आश्रमका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ,।संस्थापक रेखा शर्मा कट्टेल लगायतले Read More…








