झापा । प्रेस चौतारी नेपालको बिर्तामोड नगर कमिटी गठन गरिएको छ । बुधबार नेकपा एमाले बिर्तामोड नगर पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रेस चौतारी बिर्तामोड नगर कमिटी गठन गरिएको हो।
प्रेस चौतारी झापाका सहसचिव अच्युत सुवेदीको अध्यक्षतामा गठित नगर कमिटीको सचिवमा राजकुमार ओली, कोषाध्यक्षमा कोपिला तिवारी र सदस्यहरुमा सरोज पौडेल, सन्तोष न्यौपाने, एकराज प्रधान, छेत्रलाल राजवंशी र आर्यन सिटौला चयन भएका छन् । सुवेदी नेपाल पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य हुन् ।

प्रेस चौतारी नेपाल झापाका इञ्चार्ज मोहन काजीले कमिटी घोषणा गरेका थिए । नयाँ कमिटीलाई एमाले झापाका प्रचार विभाग प्रमुख गोपाल काफ्लेले सपथग्रहण गराएका छन् ।
संगठनका जिल्ला अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको औचित्यमाथि प्रदेश अध्यक्ष गणेश पोखरेलले प्रष्टाएका थिए । प्रेस चौतारीका सदस्य रमेश तिवारीले स्वागत गरेको कार्यक्रममा बिर्तामोड क्षेत्रमा क्रियाशिल पत्रकारहरु र नगर तथा जिल्ला तहका एमाले नेताहको सहभागिता रहेको थियो ।

