संघ \संस्था

सेना दिवसमा सुर्खेत महिला जेसीजद्वारा खानेपानी वितरण

 “Empower woman to become empowered society it self” को नारा लिएर सामाजिक सेवामा होमिएको सुर्खेत महिला जेसीज २०२२ले सेना दिवस (Unity Run 2078) को अवसरमा खानेपानी वितरण गरेको छ ।

सुर्खेत महिला जेसीजले सेना दिवसमा सञ्चालित दौड प्रतियोगितामा खेलाडीहरुकोलागि खानेपानी वितरण गरेको हो । सुर्खेत महिला जेसीज बर्ष २०२२का अध्यक्ष मनिषा कौशलको अध्यक्षतामा वीरेन्द्रनगरको मंगलगढी चोकमा कार्यक्रम सम्पन्न भएको थियो ।

स्मरण रहोस महाशिवरात्रीका दिन हुने सेना दिवस वीरेन्द्रनगरमा कर्फ्यू लागेको कारणले आज सम्पन्न भएको थियो ।