संघ \संस्था

सुरुङ्गा जेसीजद्धारा श्रमजीवी महिलाहरुलाई खाद्यन्न र लत्ताकपडा सहयोग

बाहुण्डाँगी । ११२ औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसर पारेर सुरुङ्गा जेसीजले श्रमजीवी महिलाहरुलाई खाद्यन्न र लत्ताकपडा सहयोग गरेको छ । .कनकाइ नगरपालिका डा नम्बर ८ मा पुगेर शाखाले गरिब तथा विपन्न परिवारका श्रमजीवी महिलाहरुलाई खाद्यन्न वितरण गरेको हो । चाम,, तेल, नुन, साबुन, मुराइ लगायतका सामाग्री प्रदान गरेको थियो ।


शाखाकी अध्यक्ष सुष्मा न्यौपानेको सभापतित्व तथा कनकाइ नगरपालिकाकी कार्यपालिका सदस्य सुनिता खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु शिव कडेँल, सरला पोखरेललगायतको सहिभागिता रहेको थियो ।