संघ \संस्था

नारी दिवसमा काभ्रे लेडीको साताव्यापी कार्यक्रम

बाहुण्डाँगी । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर काभ्रे लेडीले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । फागुण १९ गतेबाट सुरु गरेको कार्यक्रम मंगलवार सम्पन्न गरेको हो ।

जसमा काभ्रे महिला जेसीज, काभ्रे महिला उद्यमी मञ्च, सौन्दर्य कला व्यवसायी संघ काभ्रे र क्रेटिभ व्युटिको सयुक्त आयोजनामा विभिन्न कार्यक्रम सम्पन्न भएका हुन् । बिद्यालयहरुका बालक तथा बालिकाहरुमा स्टेशनरी सामान ,सेनिटाइजर र सेनिटरी प्याड वितरण प्रहरीसँग महिला कार्यक्रम अन्तक्रिया सम्पन्न भएको काभ्रे लेडी जेसीजकी अध्यक्ष सुमित्रा श्रेष्ठ बादे (सुनिता) ले बताउनु भयो ।

यसैगरी, समाजमा विशेष योगदान पुर्याउनु हुने पाँच महिलाहरुलाई सम्मान कार्यक्रम, सिपमुलक कार्यक्रम अन्तर्गत व्यूटि सेमिनार, निःशुल्क महिला प्रजनन स्वास्थ्य शिविर, निःशुल्क दन्त शिविर निःशुल्क ब्लडप्रेसर र सुगर परीक्षण, काभ्रे जिल्लामा भएका उद्यमीहरुले तयार पारेका उद्यमीहरूको स्टल ,नृत्य प्रतियोगिताको आयोजना भएका छन् । बनेपा पार्टी भेन्यूमा भएको थियो