राजनीति

‘मेरो मत जातीय विभेद अन्त्यका लागि एमालेलाई’

मेचीनगर । स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले जनमत आफ्नो पक्षमा पार्न जनताको घर दैलो तथा बिभिन्न अभियान सुरु गरेका छन् ।

नेकपा एमाले सम्बद्ध मुक्ति समाज मेचीनगरले समेत आफ्नो पार्टीको जित सुनिश्चित गर्न नयाँ अभियान सुरु गरेको छ ।

समाजले ‘मेरो मत जातीय विभेद अन्त्यका लागि एमालेलाई’ अभियान बुधबारबाट सुरु गरको छ । अभियानको उद्घाटन नेकपा एमालेका केन्द्रिय सदस्य रबिन कोइरालाले गरेका थिए ।

मुक्ति समाज मेचीनगर अध्यक्ष दिल बाहादुर बि.क को अध्यक्षतामा आयोजना भएको कार्यक्रममा पार्टीका केन्द्रीय परिषद सदस्य विष्णुप्रसाद प्रसाईं, सांसदद्वय गोपालचन्द्र बुढाथोकी
र श्रीप्रसाद मैनाली, मुक्ति समाजका प्रदेश कमिटि अध्यक्ष सोमनाथ पोर्तेल, प्रदेश कमिटि सदस्य राजु कार्की, प्रदेश कमिटी सदस्य निलकण्ठ तिवारी, क्षेत्र नं. १ का संयोजक डिल्लीराम घिमिरे, सहसंयोजक टिका मंग्राती, मेचीनगर अध्यक्ष राजु पोखरेल लगायतले अभियानका बारेमा प्रकाश पारेको मुक्ति समाज मेचीनगर सह–सचिव पवन बराईलीले जानकारी दिए ।