अर्थ

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य फेरि बढाएको छ । आजै रातिदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा ५ रुपैयाँ बढाइएको हो ।

पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ ।

बढेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ पर्नेछ । डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।