मेचीनगर । झापाको मेचीनगरमा चुनावी चहलपहल सुरू भएको छ । निर्वाचन आयोगले यसअघि नै आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरिसकेको छ ।
निर्वाचनको मिति नजिकदै गर्दा यतिबेला चुनावी चहलपहल पनि बढ्न थालेको छ । यसैबीच आज नेकपा एमाले मेचीनगर ८ वडा कमिटीले चुनाव लक्षित एमाले जिताउ अभियान सञ्चालन गरेको छ ।

नेकपा एमालेको सूर्य चिन्नमा मतदान गरी एमालेका उम्मेद्वार लाई विजय गराउन आव्हान सहित चुनाव प्रचारप्रसारमा लागेको नेकपा एमाले मेचीनगर ८ वडा कमिटी अध्यक्ष बिष्णु भट्टराईले जनाए ।
जनताको पार्टी नेकपा एमाले मात्रै भएका कारण आ-आफ्नो क्षेत्रमा सबै मिलेर एमालेलाई जिताउन लागि पर्नु पर्ने बताउदै अध्यक्ष भट्टराईले वडामा बाइक र्यालि सहित आगामी निर्वाचनको प्रचार प्रसारको शुभआरम्भ गरेको बताए ।

नेकपा एमाले मेचीनगर ८ वडा कमिटीको आयोजनामा सम्पन्न बाइक र्यालि सहित निर्वाचनको प्रचार प्रसारको शुभआरम्भमा जिल्ला, क्षेत्र, नगर तहका पार्टी नेतृत्व तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

