संघ \संस्था

सुरुङ्गा जेसीजद्धारा विद्यार्थीलाई सेनटरी प्याड बनाउने तालिम

बाहुण्डाँगी । सुरुङ्गा जेसीजको आयोजनामा विद्यार्थीलाई सेनटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ । कनकाई २ मा रहेको सरस्वती माविमा भएको तालिममा यस विद्यालयका ६० जना छात्राहरुले खेर जाने घरायसी सामाग्रीको पुन प्रयोग गरि सेनटरी प्याड बनाउने तालिम लिएका हुन् । तालिममा प्रमुख प्रशिश्रकका रुपमा भूमिका गौतम रहनु भएको थियो । उहाँले प्याड निर्माण सहित छात्राहरुलाई हुने महिनावरीका समयमा ख्याल गर्नु पर्ने विभिन्न विषयमा सचेतना समेत प्रदान गर्नु भएको थियो ।

उहाँले यो समयमा स्वास्थ्यलाई बढि भन्दा बढि ख्याल गर्नु पर्ने बताउँदै कुनै पनि विद्यार्थी पैसा अभावका कारण प्याड किन्न नसक्ने अवस्था नबोनस र यसका लागि घरमै पनि बनाउन सकिने भन्दै विद्यार्थीहरुलाई सहज रुपमा प्रशिक्षण गराउनु भएको थियो ।

शाखाकी अध्यक्ष सुष्मा न्यौपानेको सभापतित्व तथा सुकेडाँगी सामुदायिक वनकी अध्यक्ष शान्ता उपाध्याय प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु सरला पोखरेल, त्रिलोचन उप्रेती, विद्यालयका प्रधानाध्यापक नारायण अधिकारीलगायतले छात्राहरुका लागि आवश्यक सिनटरी प्याड निर्माणले आउँदा दिनमा विद्यार्थीहरुलाई खर्च कटौती हुने बताउँदै जेसीजले सामाजिक क्षेत्रमा प्रभावकारी काम गरेकामा धन्यवाद ज्ञापन गरेका थिए । संस्थाकी अध्यक्ष न्यौपानेले २०२२ को सुरुवातदेखि नै सामाजिक, व्यवासायिक तथा व्यक्तिगत क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनु भयो । उहाँले यो महिना मात्र पनि श्रमजिवि महिलालाई सम्मान, राउत बचाउ अभियान कार्यक्रम, होलि मिलन, शाखा भेटघाट, अन्तराष्टिय व्यवसायका लागि ४ दिने तालिमको आयोजना गरेको बताउनु भयो ।


कार्यक्रममा निर्मला खड्काले आस्था पाठ गर्नु भएको थियो । कार्यक्रम संयोजक खुस्बु पौडेल तिम्सिनाले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव राजु पाठकले गर्नु भएको थियो ।