झापा । नेकपा एमाले झापाको विभिन्न पासिलकाहरुमा बैशाख ३० गते हुने स्थानीय तहको विर्नाचनका लागि विभिन्न पदमा आकाक्षीहरु धेरै भएपछी सहमती हुन सकिरहेको छैन । आकाक्षीहरु बिच सहमती नजुटेका पालिकाहरुमा उम्मेद्वारी चयनका लागि एमाले झापाले विभिन्न पालिकाहरुमा आन्तरिक चुनाव समेत सम्पन्न गरिसकेको छ । केहि पालिकामा अझै सहभती जुटाउने कार्य पनि जारी राखेको छ ।
आन्तरिक चुनावले अहिले एक महिला अनिवार्यसहित ३ ३ जनाको नाम सम्भावित उम्मेद्वारको रुपमा निर्वाचित गरेर नाम समेत घोषणा गरिसकेको छ । तर अहिले बाहिर यो वा त्यो उम्मेद्वार पक्का भन्ने हल्ला चलेको भन्दै एमाले झापाले एक विज्ञप्त निकाल्दै त्यो हल्ला सत्य नभएको जनाएको छ ।
एमाले झापा अध्यक्ष दिपक कार्कीका अनुसार आन्तरिक निर्वाचनबाट निर्वाचित ३ ३ जना मध्ये जनताको लोकप्रिय र सबैलाई समेटेर लानसक्ने जो पनि उम्मेद्वारी हुनसक्ने बताए ।


