बाहुण्डाँगी । रामनगर जेसीजले एरिया डि अन्तर्गतको उत्कृष्ट शाखा बन्दै नेपाल जेसीजबाट अवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने अवार्ड अन्तर्गत मार्च महिनाको अवार्ड रामनगरले प्राप्त गरेको हो ।

काठमाडौमा सम्पन्न काउन्सुलर एकाडेमीको समापन समारोहको अवसर पारेर एरिया डि का शाखाहरु मध्येबाट उत्कृष्ट कार्यसम्पादन गरेको रामनगरलाई मार्च महिनाको अवार्ड प्रदान गरिएको थियो । एकाडेमीमा नेपाल जेसीजका अध्यक्ष सिनेटर लालमणि भण्डारी र निरुपित कार्यकारीणी उपाध्यक्ष अनिलबहादुर शाहीले शाखाका अध्यक्ष जयराम बस्याललाई उक्त अवार्ड प्रदान गर्नु भएको थियो ।

