बाहुण्डाँगी । नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने जेसीज अफ द मन्थको अवार्ड मार्च महिनामा पनि ४ वटा क्षेत्रका ४ वटा शाखालाई प्रदान गरेको छ । जस अन्तर्गत एरिया ए को जेसीज अफ द मन्थको अवार्ड वीरता लेडी जेसीजले प्राप्त गरेको छ ।
काठमाडौमा सम्पन्न काउन्सुलर एकाडेमीको समापन समारोहको अवसर पारेर एरिया ए का शाखाहरु मध्येबाट उत्कृष्ट कार्यसम्पादन गरेको वीरता लेडीले मार्च महिनाको अवार्ड प्रदान गरिएको थियो । यो महिना शाखाले जेसीज गाउँको स्थापना, मल्टिचेप्टर तालिमलगायतका कार्यक्रमहरु सम्पन्न गरेको थियो ।
एकाडेमीमा नेपाल जेसीजका अध्यक्ष सिनेटर लालमणि भण्डारी, निरुपित कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौला, निरुपित उपाध्यक्ष कुमारसिंह साँवाले शाखाकी अध्यक्ष संगिता चिमरियालाई उक्त अवार्ड प्रदान गर्नु भएको थियो ।

