झापा । नेकपा एमाले अध्यक्ष केपी शर्माओलीको गृह जिल्ला झापामा एमालेकाे कट्टर कार्यकर्ता जसले आफ्नो पार्टीको जितका लागि महाकालीको पानी मेचीमा ल्याएर बगाएका छन् ।
मेचीनगर ६ काँकरभिट्टाका ७५ वर्षीय नरेन्द्र प्रकाश सिटौलाले जनताको पार्टी एमाले मात्रै भएको भन्दै महाकालीबाट पानी ल्याएर मेचीमा बगाएका हुन् ।

पछिल्लो समय रुस र युक्रेनकाे युद्ध सँगै नेपालमा पनि त्यसको असर परेको र देशमा शान्ति समृद्धिकाे कामना सहित युद्ध अन्त्य र आसन्न निर्वाचनमा देशभर एमालेको जितकाे कामना गर्दै आफुले उक्त पानी मेचीमा ल्याई बगाएको जनाए ।
गत चैत १८ गते झापाबाट काठमाण्डौं हुँदै महाकाली पुगेका उनले महाकालीको पानी ल्याएर काठमाडौं स्थित पशुपतिनाथकाे पुजाआजा गरेर पूर्वि सिमाना स्थित मेची नदीमा ल्याई बगाएको बताए ।
२०२० सालदेखि कम्युनिस्ट पार्टीको सदस्यता लिएका सिटौला हाल मेचीनगर वडा नम्बर ६ का मेलमिलाप समितिकाे संयोजक समेत हुन्।

