झापा । झापाको काँकरभिट्टामा जारी रसोइ झापा सुपर लिग प्रतियोगिताको आइतबार भएको खेलमा धुलाबारी टाइगर्स र सनराइज काँकरभिट्टा विजयी भएका छन् ।

काँकरभिट्टा माविको खेलमैदानमा आज भएको पहिलो खेलमा बोस्टन ब्लास्टर्सलाई ४६ रनले पराजित गर्दै धुलाबारी टाइगर्सले विजयी शुरुआत गरेको हो । त्यस्तै दोस्रो खेलमा भद्रपुर राइजिङ किङ्सलाई ६ विकेटले पराजित गर्दै सनराइज काकरभिट्टाले पहिलो जित हात पारेको छ । यसअघि उद्घाटन खेलमा शनिबार काँकरभिट्टा विराट वारियर्ससँग पराजित भएको थियोे ।
आज भएको पहिलो खेलमा टस हारेर पहिलो ब्याटिङ गरेकोे धुलाबारी टाइगर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७४ रन बनाउन सफल भयो । धुलाबारीका लागि राष्ट्रिय खेलाडी गुलसन झाले उत्कृष्ट अर्धसतकिय पारी खेले। उनले ६ छक्का र ३ चौकाको मद्दतमा २० बल खेल्दै ५२ रन बनाएका थिए।
धुलाबारीका लागि डम्बर विष्टले ९ बलमा १० रन, विवेक बुढाथोकीले १० बलमा ११ रन सुजन थपलियाले २४ बलमा २६ रन, संयोग बंशलले ११ बलमा २ रन, राज थापा १४ बलमा ९ रन कप्तान मुकुन्द यादव ६ बलमा ५ रन दिपेश कडेल ९ बलमा १२ रन, शिव राजवंशी २ बलमा १ रन बनाउँदै आउट भएका थिए भने प्रवेश कामती १४ बलमा २६ रन र ज्ञानेन्द्र श्रेष्ठ २ बलमा १ रन बनाउँदै अविजित रहे ।
यता बलिङतर्फ बोस्टनका लागि सुनिल आचार्यले ४ ओभरमा १९ रन खर्चँदै ३ विकेट लिन सफल भए भने रोमन गोश्वामीले ४ ओभरमा ३४ रन खर्चँदै २ विकेट लिए। राष्ट्रिय खेलाडी करण केसी र अर्का खेलाडी सिदार्थ कुमाल भने बोस्टनका लागि महँगो सावित हुन पुगे । करणले ४ ओभर बलिङ गर्दै ४३ रन खर्चिएर १ विकेट लिए भने कुमालले ४ ओभरमा ४८ रन खर्चिएर २ विकेट लिएका थिए।
१७५ रनको विजय लक्ष्य पछ्याउने क्रममा बोस्टन ब्लास्टर्सले १८.२ ओभर खेल्दै १२८ रन बनाएर अलआउट हुन पुग्यो । बोस्टनका लागि दिपु भुजेलले ५ चौका र १ छक्काको मद्धतमा २६ बलमा सर्वाधिक ३० रन बनाएका थिए।
बोस्टनका लागि मिनास थापाले १७ बलमा २४ रन, समीर कार्कीले १५ बलमा १४ रन, सुरज खड्काले १३ बलमा २० रन, करण केसी ४ बलमा ३ रन, सरोज श्रेष्ठ ८ बलमा ४ रन, सिद्वार्थ कुमाल ५ बलमा १ रन, विवेक चिमोरिया १२ बलमा ९ रन, राहुल पाठक ८ बलमा १३ रन, र विधान गोस्वामी २ बल खेल्दै ० रनमा आउट भएका थिए।
बलिङतर्फ धुलाबारीका लागि ज्ञानेन्द्र श्रेष्ठले ३.२ ओभर बलिङ गर्दै २४ रन खर्चिएर सर्वाधिक ३ विकेट लिएका थिए। प्रवेश कामतिले १ विकेट तथा दिपेश कँडेल, राज थापादर मुकुन्द यादवले समान २ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच गुलसन झा भए । उनले नगद ३ हजार रुपैयाँ प्राप्त गरे।
त्यस्तै दोस्रो खेलमा टस जितेर पहिलो ब्याटिङ राजेकोे भद्रपुरले ७ विकेट गुमाउँदै १३७ रनको लक्ष्य प्रस्तुत गरेको थियोे । सामान्य लक्ष्य पछ्याउने क्रममा सनराइज काँकरभिट्टाले ४ विकेट गुमाउँदै १६.५ ओभरमा लक्ष्य पूरा गरेको हो ।
रुपक बरालको कप्तानिमा मैदान उत्रिएको भद्रपुरका लागि मन्जित श्रेष्ठले नटआउट ६० बलमा ७९ रन बनाए भने कप्तान बरालले ३६ बलमा ३४ रन बनाएपनि अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन नसक्दा भद्रपुर कमजोर लक्ष्य प्रस्तुत गर्न पुगेको थियोे ।
बलिङतर्फ सनराइज काँकरभिट्टाका लागि आयुस न्यौपाने, फिर्दोश अन्सारी र सन्दिप ढुंगानाले समान २÷२ विकेट लिए भने कमल खत्रीले १ विकेट हात पारे।
सनराइज काँकरभिट्टालाई जित दिलाउने क्रममा भुपाल दंगालले अविजित ४४ बल खेल्दै ५१ रन बनाए भने सुभांकर उराउले अविजित १६ बलमा २७ रन बनाउन सफल भए । त्यस्तै सन्दिप ढुंगाना २३ बलमा ३८ रन ,पवन सरार्फ ७ बलमा २ रन, किस्मत पौडेल १० बलमा ६ रन बनाउँदै आउट भएका थिए।
बलिङतर्फ भद्रपुरका आशिक राना मगर र सौजन घिमिरेले समान २÷२ विकेट हात पारे भने मेहबुब आलम, प्रेम सिंह, श्रवन यादब र मंजित श्रेष्ठले विकेट लिन सकेनन् । खेलको म्यान अल द म्याच विजेता टोली काँकरभिट्टाका अलराउण्डर सन्दिप ढुंगाना घोषित हुँदै नगद ३ हजार प्राप्त गरे ।
प्रतियोगिताको विजेता टोलीले नगद रु २ लाख ११ हजारसहित ट्रफी पाउने छ भने उपविजेता टोलीले नगद रु १ लाख ११ हजार सहित ट्रफी पाउने आयोजक समितिका अध्यक्ष हिमाल पोर्तेलले बताए । उनका अनुसार प्रतियोगिताको बेस्ट बलरले १० हजार, बेस्ट, प्लेयरले १५ हजार, बेस्ट फिल्डरले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ३ हजार प्राप्त गर्नेछन् ।

