काँकरभिट्टा । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा जारी रसोई झापा सुपर लिग अन्तर्गत आज भएको खेलमा विराट वारियर्सका विरुद्ध भद्रपुर राइजिङ किङ्सले ६ विकेटको जित निकालेको छ।
काँकरभिट्टा माविको खेलमैदानमा भएको प्रतियोगितामा टस हारेर पहिलो ब्याटिङ गरेको विराट वारियर्सले १९.४ अोभरमा सबै विकेट गुमाउँदै १५२ रन बनाएको थियोे ।
विराटका लागि अनिल लामिछानेले ४६ बलमा सर्वाधिक ६२ रन प्रहार गरे भने सिद्धान्त लोहनीले १५ बलमा २८ रन बनाए। त्यस्तै सोनु अन्सारी १७ मा १० रन र अंकित सुवेदी १० बलमा २० रन बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।
बलिङतर्फ भद्रपुरका प्रेम सिंहले सर्वाधिक ४ विकेट लिए भने मन्जित श्रेष्ठले ३ विकेट, मेहबुब आलमले १ विकेट तथा श्रवण यादवले २ विकेट लिए।
१५३ रनको जवाफी लक्ष्यका साथ मैदान उत्रिएको भद्रपुरकाे जितका लागि अमित श्रेष्ठले नटआउट ६७ रन प्रहार गरे। उनले ७ छक्का र ४ चाैकाकाे मद्धतमा ४१ बलमा ६७ रन बनाएका हुन्,। त्यस्तै भद्रपुरका लागि मेहबुब आलमले २७ बलमा ३२ रन, मन्जित श्रेष्ठले ३५ बलमा नटआउट ३३ रन बनाउँदै टिमलाई पहिलो जित दिलाए।
बलिङतर्फ विराटका लागि अभ्यास तिम्सिना , बिपिन महतो र अंकित सुवेदीले समान १-१ विकेट लिए भने अन्यबलरहरु विकेटबिहिन रहे । खेलकाे म्यान अफ द म्याच मन्जित श्रेष्ठ घोषित हुँदै नगद रु ३००० प्राप्त गरे।
प्रतियोगिताको विजेता टोलीले नगद रु २ लाख ११ हजारसहित ट्रफी पाउने छ भने उपविजेता टोलीले नगद रु १ लाख ११ हजार सहित ट्रफी पाउने छ ।
प्रतियोगिताको बेस्ट बलरले १० हजार, बेस्ट, प्लेयरले १५ हजार, बेस्ट फिल्डरले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले नगद रु. ३ हजार प्राप्त गर्नेछन् ।

