राजनीति

गठबन्धनबाट खुल्ला महिला सदस्यमा सुष्माको उम्मेदवारी

मेचिनगर । मेचिनगर २ को लोकतान्त्रिक गठबन्धनका तर्फबाट खुल्ला महिला सदस्यमा सुश्मा सुवेदी अर्यालले उम्मेदवारी दिनुभयेको छ। त्यस्तै वडा अध्यक्षमा माओवादी केन्द्रको तर्फबाट गोपीकृष्ण रिजाल, वडा सदस्यमा नेपाली काङ्ग्रेसको तर्फबाट हरिनारायण न्यौपाने (नरेन्द्र), जनता समाजबादी पार्टीको तर्फबाट धनबाहदुर राई र दलित महिला सदस्यमा अमृता शंकरले उम्मेदवारी दिनु भयेको छ।

राजनितिक पृष्ठभुमि भन्दा माथी उठेर सामाजिक सेवामा तत्पर रहने ब्यक्तित्व हुनुन्छ सुश्मा अर्याल। समाजसेवा को माध्यम बाट नै राज्नितिक यात्रा तय गरेकी उनी बिशेसत समाजमा चली आयेको विभिन्न सामाजिक बेथितिको विरुद्धमा आवाज उठाउन का लागि राजनीति आफ्नोलागि अनिबार्य आवस्यकता बन्न पुगेको महशुस गरेकी छिन्।

खुल्ला महिला वार्ड सदस्यमा सुश्मा अर्यालः
बिगत लामो समय देखि नेपाली काङ्ग्रेस पार्टीमा रहि पार्टीले दियेको विभिन्न पदिय जिम्मेवारी पूरा गर्दै यस पटक भने जनप्रतिनिधि को रुपमा महिला हरुको हकहितमा विभिन्न महिला बिकास कार्यक्रम संचालन गर्न आफुले उम्मेद्बारी दिएको बताउछिन् ।

समाज सेवामा उत्कृष्ट पृष्ठभुमि रहेकी उनी प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना अन्तर्गतको सुपारी जोन बिकास समिती झापाको सह(सचिब भैइ साना सिचाइ अन्तर्गत विभिन्न कुलोपैनी निर्माण,सुपारि नर्सरी सन्चालन ,सुपारि प्रशोधन केन्द्रको भवन निर्माण आदिको योजनाहरु अघि बडाइ यस समितिमा आफ्नो कार्यकाल बिताएको थिइन् ।मानव हात्ती द्वन्द ब्यवस्थापन तथा बाताबरण संरक्षन मन्चमा निर्वाचित महिला सदस्यको रुपमा रहेकी उनिले टर्चलाइट वितरण कार्यक्रम,हात्ती द्वन्द निरीक्षण तथा राहत बितरण देखि फेन्सिङतार निरिक्षण तथा मर्मत योजनाहरुमा आफ्नो भुमिका कौसलतापुर्बक निभाएको मेचिनगर(२ का स्थानीयहरु बताउँछन् ।

दुइ कार्यकाल नेपाल महिला संघ मेनपा(२ को सभापती रहि महिलाहरुको सीप बिकास कार्यक्रम तथा महिला जागरणका निम्ति आफ्नो समय बिताएकी उनी महिलाहरु कुनै पनि क्षेत्रमा पिछडिएको समाज बिकास तथा सुशासनको लागि हानिकारक रहने बताउछिन् । विभिन्न महिला समूह तथा संगठनको समिती मा रहेकी उनी एक क्षमतावान ,प्रभावसाली युवा नेतृत्वको रुपमा मेचिनगर नगरपालिका मा स्थापित भएकी साथै युवा तथा वृद्धहरुमा पनि लोकप्रिय रहेकी पाइएको छ।

उनिले आफू निर्वाचित भयेर महिला सदस्यको रुपमा वार्ड कार्यालय भवनमा प्रवेश गरेमा महिला हरुलाई सदैब आफ्नो कार्यक्षेत्र को प्राथमिकता मा राख्ने प्रतिबद्धता जाहेर गरेकी छिन्। अहिलेको समाजमा महिला हरुको सुरक्षा सबै भन्दा ठुलो आवस्यकता रहेको मान्ने उनी, विभिन्न बिद्यालय, चोक आदिमा सिसिटिवि जडान लगायतका कार्यक्रम हरु लोकतान्त्रिक गठबन्धनको टोलिले आफ्नो घोषणापत्र मा उल्लेख गरेको र त्यस्लाई पुर्णतया दिन आफू सदैब तत्पर रहने प्रतिबद्धता जनाईन।

विभिन्न बिध्यालयहरुमा आकस्मिक प्राथमिक स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क सन्चालन गर्ने तथा विद्यार्थीहरुलाई निशुल्क सेनिटेरि प्याड बितरण ब्यवस्था बिद्यालयमा नै गराउने प्रतिबद्धता पनि जनायेकी छिन। पर्यटन, खेलकुद, शिक्षा, कृषि, स्वास्थ्य, शुद्ध खानेपानी, भौतिक पुर्बाधार, सुरक्षा आदि क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले जाहेर गरेको प्रतिबद्धता पत्र प्रती कटिबद्ध रहि वार्डबासिको सेवा गर्न चाहेको बताउछिन।

साथै उन्ले खुल्ला महिला सदस्यको रुखचिन्ह मा मतदान गराई आफुलाई बिजयी गराउन अनुरोध गर्दै मेयर इन्द्रबहादुर बुढाथोकी, सदस्य हरु हरिनारायण न्यौपाने, धनबाहदुर राई र अमृता शंकर लाई पनि रुख चिन्हमा मतदान गरिदिनु हुन र उपमेयर प्रकाश भण्डारी र अध्यक्षमा गोपिकृष्ण रिजाललाई गोलाकार भित्रको हसिया हतौडा मा मतदान गराई सम्पुर्ण प्यानल लाई नै बिजयी गराई दिनु हुन अनुरोध गरेकी छिन्।