मेचीनगर-६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा नेपालमा नै पहिलोपटक अक्सनमार्फत आयोजना हुन लागेको यु–१४ फुटबल प्रतियोगिताकाे सम्पुर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ।
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरकाे आयोजनामा भोलि जेठ १४ गते शनिबारदेखि प्रथम केएफटीसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता अन्तर्गत प्रत्येक टिमले १७ जना खेलाडी अक्सनमार्फत र ५ जना बाहिरबाट गरि जम्मा २२ जना खेलाडी र ७ जना अफिसियल गरी ३० जना सहभागी हुन पाउनेछन् ।
प्रतियोगितामा आशिष गुरुङ मालिक रहेको क्लासिक वारियर्स, एन्जल गुरुङको राइजिङ ब्वाइज, सुरेश तिवारीको ह्याप्पी क्लब र बसन्त श्रेष्ठको संगम फुटबल क्लब गरेर ४ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । काँकभिट्टा माविको खेलमैदानमा भोलि हुने उद्घाटन खेलमा क्लासिक वारियर्स र ह्याप्पी क्लबले प्रतिस्पर्धा गर्ने आयोजक समितिका अध्यक्ष मीन बस्नेतले जानकारी दिए ।
जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताकाे विजेता टोलीले नगद ५० हजार सहित ट्रफी र उपविजेता टिमले नगद ३० हजार र ट्रफी प्राप्त गर्नेछन्।

