मेचीनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु)ले नव निर्वाचित मेचीनगर नगरप्रमुख गाेपालचन्द्र बुढाथोकीलाई सम्मान गर्दै ९ बुद्वे ध्यानाकर्षण पत्र बुझाएको छ ।
आज नगरकाे कार्यालय परिसरमा नै पुगेर अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य दुर्गा धमलाकाे नेतृत्वमा नगर प्रमुख बुढाथोकीलाई सम्मान गर्दै ध्यानाकर्षण पत्र बुझाएको हाे । संगठनले शैक्षिक गुणस्तर कायम गर्नु पर्ने, कक्षा १२ सम्म पुर्ण नि: शुल्क शिक्षाकाे व्यवस्था गर्नु पर्ने माग राखेकाे छ ।

अनेरास्ववियुले नगर भित्र प्राबिधिक शिक्षाकाे स्थापना गरि बिद्यार्थीलाई शर्वशुलभ हुनु पर्ने , नगरभित्रका सबै विधालयमा आफ्नै पाठ्यक्रम बनाइ लागु गर्नु पर्ने माग राखेकाे छ । त्यसैगरी सामुदायिक क्याम्पसमा यातायातकाे व्यवस्था हुनु पर्ने, खेलकुद क्षेत्रकाे विकास गरि विधार्थीलाई खेलकुद गतिविधिमा जाेडन माग राखेकाे छ। नगरभित्र छात्रवृत्ति काेष स्थापना गरि आर्थिक अवस्था कमजाेर भएका बिद्यार्थीहरुलाई उच्च शिक्षाकाे व्यवस्थाकाे गर्न माग राखेकाे हाे ।
कार्यक्रममा अखिलका नगर अध्यक्ष विरु मेचे, आशिष पाैडेल, बिनिता न्याैपाने, अजित राजवंशी, सचेत घिमिरे, ईश्वर रिजाल, सराेज धमला, नविन गडताैला, सबु श्रेष्ठ, जुना खतिवडा, विशाल पुरी, मनसन पाैडल, सागर शिवाकोटी, सन्देश पाैडेल, सगंम बराल, दिपिका बुढाथोकी, यामकुमार लिम्बूलगायतकाे उपस्थित रहेकाे थियाे ।

