संघ \संस्था

बुधबारे जेसीजद्धारा साइबर क्राइम तथा लागु औषध विरुद्धको प्रशिश्रण

बाहुण्डाँगी । बुधबारे जेसीजको जेसीज सप्ताह अन्तर्गतको चौथो कार्यक्रम अन्तर्गत साइबर क्राइम तथा लागु औषध दुव्र्यसनी विरुद्धको प्रशिश्रण सम्पन्न गरेको छ ।

बुधवार सीतारमेश बहुमुखी क्याम्पस बुधवारेमा आयोजित समारोहमा पछिल्लो समय विभिन्न माध्यमबाट साइबर अपराध र लागु औषध दुव्यसनी प्रयोगकर्ता बढ्दै गएको र यसको न्यूनिकरणमा सबै क्षेत्र व्यक्तिहरुले सहकार्य गर्नु पर्ने कुरामा जोड दिएका थिए । बुद्ध शान्ति गाउँपालिका क्षेत्रका माध्यमिक विद्यालय तथा क्याम्पसका विद्यार्थीहरुको सहभागितामा भएको कार्यक्रममा भारतबाट लुकीछिपी नेपाल ल्याएको लागु औषधमा नेपाली युवाहरुको बढी प्रयोग बढ्दै गएकाले यसलाई न्यूनीकरण गर्नमा सबैले जोड दिनु पर्ने सहभागिले बताएका थिए । कार्यक्रममा ५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


शाखाका अध्यक्ष मुकेश भट्टराईको सभापतित्व तथा सीतारमेश बहुमुखी क्याम्पसका प्राचार्य केशव ढुङ्गेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि धुलवालारी प्रहरी कार्यालयका प्रहरी निरिक्षक अनिल माबोहाङ, आइटी स्टुडेन्ट अफ नेपालका शुसिल फुयाल, इलाका प्रहरी कार्यालय बुधवारेका सहइन्चार्ज शोेभा पराजुली, पूर्व अध्यक्षहरु रमेश बराल, नन्द राईलगायतको सहभागिता रहेको थियो ।


कार्यक्रम संयोजक विष्णु लामिछानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन अर्जुन ढकालले गर्नु भएको थियो ।

सप्ताह अन्तर्गत शुक्रवार स्लो मोटरसाइकल रेश रहेको मुल संयोजक रुद्र निरौलाले बताउनु भयो ।