संघ \संस्था

बुधवारे जेसीजद्धारा जयपुर चोक आसपास दर्जन बढि होडिङ्बोर्ड स्थापना

बाहुण्डाँगी । बुधबारे जेसीजको जेसिज सप्ताहको तेश्रो दिन सुचनामुलक होर्डिङ बोर्ड राख्दै कार्यक्रम सम्पन्न भएको छ।

बुद्धशान्ति २ जयपुर चोक आसपास सुचनामुलक होर्डिङ बोर्ड राख्दै कार्यक्रम सम्पन्न भएको कार्यक्रमका संयोजक प्रेम गौतमले जानकारी दिए।

बिधालय क्षेत्रमा बिद्यार्थीसँग समबन्धित बोर्ड राखिएका छन् भने बजार क्षेत्रमा सवारी गति कम गर्न सुझाव दिने सुचना राखिएका छन्।

श्री आदर्श माध्यिमक विद्यालय जयपुरका शिक्षक अभिभावक संंभका अध्यक्ष हरिराज कडरियाले बोर्ड पढेर कार्यक्रमको उद्घाटन गरेका थिए र उद्घाटनमा बोल्दै अध्यक्ष कडरियाले बुधबारे जेसिजले पछिल्ला दिनहरुमा आम मानिसका दैनिकीसँग जोडिएकोमा बुधबारे जेसिजलाई धन्यवाद दिएका थिए।
कार्यक्रममा बोल्दै बुधबारे जेसिजका अध्यक्ष मुकेश भट्टराईले स्थानीय सरकारले संचालन गर्ने बिकास निर्माणका काममा हातेमालो गर्दै समाजमा टेवा पुर्याउने प्रतिवद्दता ब्यक्त गरेका थिए।उनले आम मानिसको चेतना वृद्धिका लागी कार्यक्रम तय गरिएको उल्लेख गरेका थिए।

कार्यक्रममा बुधबारे जेसिजका पुर्व अध्यक्षहरु रमेश बराल, नन्दु राई, मानार्थ सदस्य दिपेन सिटौला, शाखाका पदाधिकारी तथा सदस्यहरु सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन महासचिव अर्जुन ढकालले गर्नु भएको संप्ताहका मूल संयोजक रुद्र निरौलाले जानकारी दिए ।