बाहुण्डाँगी । बीसहजार जेसीजले जुन महिनाको उत्कृष्ट शाखाको रुपमा अवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने जेसीज अफ द मन्थको अवार्ड अन्तरगत क्षेत्र ख को उत्कृष्ट शाखाका रुपमा बीसहजार जेसीजले प्राप्त गरेको हो । सोमवार नेपाल जेसीजले सार्वजनिक गरेको अवार्ड तालिका अनुसार बीसहजार उत्कृष्ट शाखाका रुपमा अवार्ड प्राप्त गरेको हो । जुन महिनामा यस शाखाले गरेको कार्यसम्पादनको मुल्याङ्कनका आधारमा नेपाल जेसीजले अवार्ड प्रदान गर्ने गरेको छ । बीसहजारले उक्त महिना सामाजिक क्षेत्रमा ७ वटा कार्यक्रम सम्पन्न गरेको थियो । जसमा निबन्ध लेखन, वक्तित्वकला, स्वास्थ्य सेचतना, ट्राफिक सचेतना, वृक्षारोपणलगायत रहेका थिए । अवार्ड प्राप्त पछि शाखाका अध्यक्ष बेदराज न्यौपानेले नेपाल जेसीजले गरेको मुल्याङ्कनले उर्जा मिलेको बताउनु भयो । उहाँले आउँदा दिनमा अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने बताउनु भयो । साथै यस कार्यमा सहयोग गर्ने सबैप्रति धन्यवाद समेत व्यक्त गर्नु भएको छ ।

