संघ \संस्था

कालिका जेसीजका अमृतले दिए जन्मदिनमा विपन्नलाई खाद्यन्न

बाहुण्डाँगी । कालिका जेसीज २०२२ का कानुनी सल्लाहकार अमृत अमगाईले आफ्नो जन्मदिनको अवसरमा खाद्यन्न वितरण गरेका छन् ।
आफ्नो मातृ शाखा कालिका जेसीजको नेतृत्वमा गएको टोलीले अति विपन्न आर्थिक अवस्था भएका कालिका नगरपालिकाका एक दम्पतीलाई खाद्यन्न सामाग्री प्रदान गरेका हुन् ।


खाद्यन्न वितरणमा शाखाकी अध्यक्ष मेनुका थापाले जेसीजले समाजमा सकारात्मक प्रभाव पार्ने काम गर्दै आएको र मानवताको सेवा जीवनको सर्वाेतम कार्य भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै यो अभियान गरेको बताउनु भयो । साथै अध्यक्ष थापाले जन्मदिनमा गरेको यो पुण्ड कार्यमा साथ दिने अमृत अमगाईप्रति आभार व्यक्त गर्नु भयो ।