बाहुण्डाँगी । रजहर जेसीजको आयोजनामा तथा आर्यन एण्ड आरुसी सुन चाँदी पसल, रजहर को प्रायोजनमा आमा समूह तथा जेसिज महिला हरुका लागि १ दिने निः शुल्क चप्पल बनाउने तालिम सम्पन्न भयको छ ।
रजहर जेसिजको तालिम महिना योजना अनुरुपको पहिलो तालिम आमाहरु तथा जेसिज महिला हरुलाइ लक्ष्छित आयोजना गरिएको हो ।

देवचुलि न पा वडा न १६ का १२ ओटा आमा समूहहरुका प्रति समुह २ जना गरि २४ सदस्यहरु तथा रजहर जेसिजका ८ जना गरि ३२ जना महिला दिदि बहिनीहरु तालिममा सहभागि भएका छन् । सहभागिलाई राधिका खत्रीले प्रशिश्रण गराउनु भएको थियो । उक्त तालिमलाई आर्यान एण्ड आरुसी सुन चाँदी पसलले प्रायोजन गरेको थियो ।

शाखाका अध्यक्ष ईश्वर लोहोनीको सपभात्वि तथा देवचुलि नगरपालिका वडा न १६ का वडा अध्यक्ष केशवराज गौतमको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रायोजन गर्ने आर्यान एण्ड आरुसी सुन चाँदी पसल कि प्रोपाइटर कोपिला बि क धुसेरि सामुदायिक वनका कार्यवाहक अध्यक्ष रत्नाखर सापकोटा, देवचुलि मा बि का बि ब्य स अध्यक्ष सुर्य न्यौपानेलगायतले तालिम सफलतको शुभकामना दिनु भएको थियो ।

तालिममा सहभागि प्रशिक्षार्थीहरुले छोटो अवधीमा समेत धेरै कुरा सिकेको बताउँदै आगामी दिनमा समेत यस्तै तालिमहरु सञ्चालन गरिदिन आयोजक शाखा रहजर जेसीज र प्रायोजक आर्यन एण्ड आरुसी सुन चाँदि पसललाइ आग्रह सहित धन्यवाद दिए ।

कार्यक्रम संयोजक तथा कार्यकारीणी उपाध्यक्ष विन्दु क्षेत्री रहनु भएको थियो भने स्वागत कानुनी सल्लाहकार शोभा मुखिया र सञ्चालन महासचिव प्रदिप अधिकारीले गर्नु भएको थियो ।


