काँकरभिट्टा । बेलायतमा नेपालीमूलका पहिलो काउन्सिलर धन किरण गुरुङ अर्को म्यूजिक भिडियो बजारमा आएको छ ।
वालगायिका भोइस् किड नेपाल २०२१ फस्ट रनरअप अनुजा कडरिया र धनकिरणको स्वरमा सजिएको म धर्ती बोलको गीतमा भिडियो सार्वजनिक भएको हो । शुक्रबार सुर संगम रेकर्डिङ स्टुडियो कमलपोखरी काठमाण्डौंबाट भिडियो रिलिज गरिएको छ ।

‘म धर्ती’ विमोचन कार्यक्रममा संगीतका महारथी स्वर्गीय अम्बर गुरुङका जेष्ठ सुपुत्र गीतारवादक किशोर गुरुङ प्रमुख अथिती र अन्य विभिन्न कला क्षेत्रका व्यक्तिहरु सहभागी थिए ।

डिजी प्रोडक्सन यूकेको प्रस्तुति उक्त म्यूजिक भिडियो निर्मात्री हुन् अल्का गुरुङ । भिडियोमा इलामका रमणीय दृश्य कैद गरिएको छ । गीतको शब्द संगीत धनकिरणकै छ । म्यूजिक एरेन्जमेन्ट सुरथ प्रधानले गरेका छन् ।

झण्डै ५०० बढी गीत गाइसकेका गायक तथा संगीतकार धनकिरण पछिल्लो समय निर्देशन क्षेत्रमा पनि ख्याति बटुल्दै छन् ।
धन किरणले बेलायत र आफ्नो जन्मभूमि नेपालमा विपन्न वर्गका साथै शिक्षा, स्वास्थ्य क्षेत्र र दैवीप्रकोपका बेला आर्थिक सहयोग जुटाउंदै आउनु भएको छ ।

आफू विदेशमा रहेर पनि नेपाली गीतसंगीत र कला संस्कृतिलाई जगेर्ना गर्न पाउंदा आफू धेरै खुशी रहेको उहाँले बताउनु भयो । धन किरणको जन्मथलो झापाको मेचीनगर ६ काँकरभिट्टा हो । उहाँ समय समयमा आफ्नो जन्मभूमि आउने गर्नु हुन्छ । साथै नेपाल आएका बेला केही न केही सांगितिक कोशेली समेत लिएर आउने गर्नु भएको छ ।
हाम्रो खबर पाटी परिवार उहाँको यो म्युजिक भिडियोको सफलताको शुभकामना व्यक्त गर्दछ ।
म धर्ती भिडियो

