अर्थ

भ्रमण खर्च वापतको रकमबाट सदस्यलाई राहत वितरण

धुलाबारी । उपभोक्ता महिला कृषि सहकारी संस्था लिमिटेड मेचीनगर–९ ले सदस्य लक्षित बृहत सहयोग तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार मागुरमाडी सिमसार क्षेत्रमा आयोजित कार्यक्रममा बाख्राको पाठा, ब्याग, हजारी, स्प्रे ट्यांकी वितरण गर्नुका साथै गुडिया तालिमका सहभागीलाई प्रमाणपत्र एवम् जनप्रतिनिधिलाई सम्मान एकसाथ सम्पन्न गरिएको हो । सहकारी संस्थाले २५ जना सदस्यलाई बाख्राको पाठा Read More…

समाचार

झापाको कचनकवलमा तीन जना किशोरी एउटै रुखमा मृत अवस्थामा फेला

झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा तीन जना किशोरी एउटै रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका छन् ।  कचनकवल गाउँपालिका- ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीले सामूहिक आत्महत्या गरेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए Read More…

अन्य

नेपालमा अब गुड्ने मिनी अस्पताल !

काठमाडौं । नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन्। त्यही पनि भौगोलिक अवस्था, सडक जाम सुविधा अभावले बिरामीको बीच बाटोमै मृत्यु हुने अवस्थाको सामना गरिरहनुपरेको छ। तर अस्पतालमा मात्र प्राप्त हुने महत्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, इसिजी मेसिन, Read More…

अन्य

झापाः प्राधिकरणको अघोषित लोडसेडिङ्गले सेवाग्राही मर्कामा

झापा । नेपाल विद्युत प्राधिकरणले अघोषित लोडसेडिङ्ग गर्दा झापामा आम सेवाग्राहीलाई समस्यामा उत्पन्न भएको छ । विगत केही हप्तादेखि विनाजानकारी प्राधिकरणले झ्याप्प-झ्याप्प बिजुली काट्ने कार्य जारी राख्दा यतिबेला झापाका सेवाग्राही हैरान खेप्न बाध्य छन् । प्राधिकरणको लापार्वाहीका कारण विद्युत आपूर्ति दिनहुँ अवरुद्ध हुँदा दैनिक जिवन यापनमा समस्या हुने गरेको सेवाग्राही बताउँछन् । गर्मीको समय विना जानकारी Read More…