संघ \संस्था

लालबन्दी जेसीजको दोस्रो अध्यक्षमा श्यामकुमार खड्का सर्वसम्मत

बाहुण्डाँगी, २७ पुस । लालबन्दी जेसीजको बर्ष २०२१ को अध्यक्ष मा श्याम कुमार खड्का सर्वसम्वत निर्वाचित हुनु भएको छ ।
शनिबार सम्पन्न शाखाको दोश्रो वार्षिक साधारण सभा तथा शाखा अधिवेशन बाट श्याम कुमार खड्का अध्यक्ष मा निर्बिरोध निर्वाचित हुनु भएको हो
अधिवेशनबाट दुई कार्यकारीणी उपाध्यक्ष पदमा सरोज न्यौपाने र केशव

राज खड्का , चार उपाध्यक्ष पदमा सन्तोष पौडेल, बिमल नगकोटी (अभिषेक) , गणेश कार्की, र कुमार घिमिरे निर्बिरोध निर्वाचित हुनु भएको लालबन्दीका सस्थापक अध्यक्ष किरण घिमिरे जानकारी गराउनु भयो । बिधान अनुसार निर्वाचन आयुक्त मा मातृशाखा चन्द्रनिगापुर सिटी जेसिज बर्ष २०२० का अध्यक्ष जेसी दिलिप सापकोटा लाइ न्युक्त गरिएको थियो ।
जेसीआई लालबन्दीको बिधान अनुसार महासविच, कोषाध्यक्ष र कानुनी सल्लाहकार पदमा भने अध्यक्षले मनोनित गर्ने व्यबस्था रहेको छ । उक्त पदमा पदहस्तान्तरण कार्यक्रममा मनोनित गरिनेछ । चन्द्रनिगापुर सिटी जेसीजको मातृत्वमा स्थापना भएको यो शाखा गत वर्ष रत्ननगर महाधिवेशनबाट पूर्ण स्वीकृत भएको थियो ।