संघ \संस्था

तेस्रो लिङगी पुष्पा लामा जेसीज इतिहासमै पहिलो अध्यक्ष

बाहुण्डाँगी, २६ पुस । परासी जिल्लाकी पुष्पा लामा नेपाल जेसीजकै इतिहासमा पहिलो तेस्रो लिङ्गी अध्यक्ष बन्न सफल भएकी छिन् । शनिवार सम्पन्न रामग्राम लेडी जेसीजको ९ औँ शाखा अधिवेशनले तेस्रो लिङ्गी लामालाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गराएको हो ।

निलहिरा समाज नेपालको भगिनी संस्था सशक्तिकरण नेपालको प्रोजेक्ट कोअडिनेटर परासीमा कार्यरत लामा आफुलाई तेस्रो लिङ्गी हुँ भन्नमा कुनै असहजता हुँदैन । उहाँ खुलेर आफ्नो परिचयसहित समाजले तेस्रो लिङ्गीलाई यो समाजले हेर्ने दृष्टिकोडमा परिवर्तन हुनु पर्ने आवाज उठाउँदै आउनु भएको छ । गत वर्ष अत्तरीयामा सम्पन्न एरिया कन्फ्रेन्सको वक्तित्वकला प्रतियोगितामा सहभागी हुनु भएकी लामाले तेस्रो स्थान हासिल गर्नु भएको थियो । उहाँले उक्क्त समारोहमा समेत जेसीज अभियानमा आफु प्रतिनिधि पात्रको रुपमा आएको बताउनु भएको थियो । जेसीजमा लागेर आफुले समाजमा फरक पहिचान बनाउन सफल भएको बताउनु हुने लामाले रामग्राम जेसीजले म माथि गरेको विश्वासलाई पूर्ण पालना गरेर अघि बढ्ने बताउनु भयो ।


कोष बृद्धि संयोजक, एनजीओ संयोजक, उपाध्यक्ष, कार्यकारीणी उपाध्यक्ष र महासचिव पदमा रहेर आफ्नो जिम्मेवारी पुरा गरिसक्नु भएको छ । उहाँ एक स्पष्ट र प्रखर वक्ता समेत हुनुहुन्छ ।

अधिवेशनले शाखाको कार्यकारीणी उपाध्यक्षमा अनिता तिवारी जोगमाया चौधरी, उपाध्यक्षहरुमा सरिता कुमी, ज्ञानुमाया थनेत, सुलोचना क्षेत्री, फातिमा खातुन अन्सरी, सहसचिवमा कल्पना पौडेल र सहकोषाध्यक्षमा धनकुमारी चौधरी सर्वसम्वत निर्वाचित भएका शाखा अध्यक्ष रजनी ढकालले बताउनु भयो ।