संघ \संस्था

अत्तरिया जेसीजद्धारा नेतृत्व विकाश तालीम सम्पन्न

बाहुण्डाँगी । अत्तरिया जेसीजद्धारा एक दिने नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गरिएको छ । शाखाका पदाधीकारी तथा सदस्यहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजित तालिममा ३० जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण भेरिगंगा जेसिजका संस्थापक अध्यक्ष नवराज रिजालले प्रशिक्षण दिनु भएको थियो ।


युवाहरुमा भएको नेतृत्व विकाश र उनिहरुको क्षमता अभिवृद्धि गर्न तालीम सञ्चालन गरिएको अत्तरिया जेसिज वर्ष २०२२ का अध्यक्ष हर्क बहादुर कडायतले बताए । सही नेतृत्व कसरी गर्न सकिन्छ भन्ने विषयमा नेतृत्व गर्न चाहने मान्छेलाई जानकार बनाउन तालीमले मद्दत गर्ने उनले बताए ।

यसैगरी उनले अत्तरिया जेसिजले आगामी दिनहरुमा पनि सामाजिक कार्यहरु गर्दै जाने बताए । ‘हामी समाजसँग जोडिएका छौ, त्यसैले सामाजिक कार्यलाई बढी प्राथमिकता दिईरहेका छौ’ उनले भने ‘संस्थाले सामाजिक कार्य अन्र्तगत आगामी दिनमा युवालाई क्षमतावान बनाउन विभिन्न कार्यहरु गर्नेछ

उनले आगामी दिनहरुमा युवाहरुका लागी उद्यमशिलता सम्बन्धी तालीम, ट्राफिक प्रहरी सँग समन्वय गरी ट्राफिक व्यवस्थापन सम्बन्धी कार्यक्रम तथा लागुपदार्थ दुव्र्यशनीका विरुद्ध विद्यालयस्तरमा जनचेतनामुलक कार्यक्रम गर्ने योजना रहेको बताए । उनले तालीममार्फत युवाहरुलाई रोजगारमुखी बनाउने संस्थाको लक्ष्य रहेको बताए ।

तालीममा जेसिज २०१९ का राष्ट्रिय उपाध्यक्ष दिनेश बोहरा, जेसिज २०२२ का राष्ट्रिय उपाध्यक्ष तथा क्षेत्र ‘घ’ का लागी निरुपित राष्ट्रिय उपाध्यक्ष राम प्रसाद पाण्डेय, अत्तरिया जेसिज २०२० का अध्यक्ष प्रमोद अधिकारी, अत्तरिया जेसिज २०२१ का अध्यक्ष पदमराज ओझा लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रम शाखाका अध्यक्ष हर्कबहादुर कडायतको सभापतित्वमा सम्पन्न भएको थियो ।