संघ \संस्था

बसामाडी जेसीजको जेसीज सप्ताह सुरु

बाहुण्डाँगी । बसामाडी जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो कार्यक्रमको रुपमा आइतबार हेटौंडा–२ स्थित वनस्खण्डी मन्दिरमा दिप प्रज्वलन कार्यक्रम सहित मन्दिरमा आवश्यक ईन्भर्टरको व्याट्री सहयोग गरिएको छ । उक्त व्याट्री मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठ ज्यूलाइ हस्तान्तरण गरियको थियो ।


वडा नम्बर २ का वडाअध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यतामा,२०२२ का अध्यक्ष जेसी चिराग अग्रवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा बसामाडी जेसीजको पुर्ब अध्यक्ष तथा अध्यक्ष सल्लाहकार ज्यूहरु ईश्वर प्रसाद मैनाली, विष्णु हरि पंडित, सरोज अधिकारी, निर्वतमान अध्यक्ष गौतम के.सी, बस्तीपुर जेसीजका अध्यक्ष रमेश उप्रेती कार्यकारिणी उपाध्यक्ष एवम मूल कार्यकम सम्योजक सुरज डंगोल सह–मूल कार्यकम सम्योजक मनिष घिमिरे,कार्यकारिणी उपाध्यक्ष सरोज पौडेल, उपाध्यक्षहरु असिम राज ढुगाना, बिजय कार्की, सचिव सरोज देवकोटा, स–कोसाध्यक्ष दिपेन्द्र यादव, जितेन्द्र तिवारी, बुद्धराज अर्याल र सदस्य आयुष भोम्जम, राजेश अग्रवाल, योगेश लाल श्रेष्ठ, हेटौडा लेडी जेसीजका महासचिव दिलु दर्ति तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

रमेश शर्माको संयोजकत्वमा सम्पन्न कार्यक्रमको संचालकब महासचिव जनक शर्मा भण्डारीले गर्नु भएको थियो । जेसीज सप्ताह १४ गतेसम्म सञ्चालन हुनेछ ।