संघ \संस्था

हेटौडाँ जेसीजको दोस्रो चरणको वक्तित्वमा कुसुम र यमकला छनौट

बाहुण्डाँगी । हेटौंडा जेसीजको आयोजनामा सन्चालन भइरहेको अनलाइन पब्लिक स्पिकिङ कार्यक्रम अन्तरगत दोस्रो चरणको प्रतियोगिताबाट हेटौडाकी कुसुम खड्का र कावासोतीकी यमकला पौडेल उत्कृष्ट १० मा पर्न सफल भएका छन् । शनिवार सम्पन्न प्रतियोगिताबाट ९ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनीहरु फाइनल चरणका लागि छनौट भएका हुन ।
जेसिआइ हेटौंडा सन २०२२ का अध्यक्ष पवन कुमार कंसाकार को अध्यक्षता तथा प्रदेश युवा परिशद का कार्यकारी उपाध्यक्ष सन्तोश चौलागाइको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष अनिलबहादुर शाही, निरुपित उपाध्यक्ष सिनेटर नरेशचन्द्र ओझा, हेटौडा जेसीजका पुर्ब अध्यक्ष एवम पुर्ब रास्ट्रिय कानुनी सल्लाहकार गणेश कुमार श्रेस्ठ पूर्व अध्यक्ष एवम बोर्ड सल्लाहकार सिनेटर राजदेब बानिया, मातृ शाखा बिरगन्ज जेसीजका अध्यक्ष अमृत गौरो, हेटौडा लेडी जेसीजकी अध्यक्ष कबिता पौडेल , सिमरा जेसीजका अध्यक्ष पुरुशोत्तम अधिकारिलगायतको आतिथ्यता रहेको थियो ।


समुन्द्र अधिकारीको संयोजकत्व तथा उपाध्यक्ष शिब कुमार श्रेस्ठले स्वागत गरेको कायत्र्मको सञ्चालन महासचिव बिकेश लाल श्रेस्ठले गर्नु भएको थियो ।

कार्यक्रमको निर्णायकहरुमा बरिष्ठ समालोचक घनश्याम घिमिरे, साहित्यकार निरा शर्मा, बरिष्ठ साहित्यकार निमेष निखिल, जेसिआइ हेटौडा का पुर्ब अध्यक्ष जेसिआइ सिनेटर दिपकराज मिश्र रहनु भएको थियो । हरेक राउण्डमा २ जना छनोट हुनेछन् भने प्रतियोगिहरु मध्येबाट अन्य दुई जना छनोट गरी १२ जना प्रतियोगिले फाइनल राउण्डमा प्रतिस्पर्धा गर्ने आयोजक शाखाका अध्यक्ष पवन कंसकारले बताउनु भयो । प्रतियोगितामा विजेता हुने प्रतियोगिले नगद २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजारसहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।