अन्य

नेपाल कम्युनिस्ट पार्टी मेचीनगरकाे सम्मेलन भदौ ४ मा हुने

मेचीनगर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेचीनगर कमिटीले भदौ ४ गते नगरसम्मेलन गर्ने भएको छ। पार्टीका जिल्ला कार्यालय सचिव सञ्जय राईको प्रमख आतिथ्यतामा हिजो सम्पन्न बैठकले आगामी भदौ ४ गत नगर सम्मेलन गर्ने तय भएको नगर सम्मेलन आयोजक कमिटीका संयोजक हितबहादुर दर्जीले बताए ।

उक्त बैठकमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि राईले पछिल्लो समय पार्टीमा फुट र स्वार्थको राजनिती गर्नेहरुले पार्टीलाई सिध्याउन लागि परेपनि कोहि विचलित हुन आवश्यक नरहेको र जनताको यावत् समस्याहरुकाे आवाज बोल्ने नेपाल कम्युनिस्ट पार्टी रहेको बताए ।

राईले नगरका तमाम समस्याहरुकाे बारेमा पटकपटक संघर्ष गर्दै आएको स्मरण गराउँदै बेथिति , विसंगति , भ्रष्टाचार , राष्ट्रघात लगायतका विरुद्ध पार्टीले जस्तोसुकै संघर्ष गर्न पछि नहट्ने उल्लेख गरे।

बैठकले हितबहादुर दर्जिको नेतृत्वमा ९ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको छ।