संघ \संस्था

कमलनगरमा शनिवार जेसीजको तालिम हुँदै

बाहुण्डाँगी । नेपाल जेसीज क्षेत्र क तालिम प्रतिष्ठानले साउन २८ गते शनिवार एक दिने संस्कृतिको विकास र वातावरण व्ययवस्थापन सम्बन्धि तालिम आयोजना गर्दैछ । कमलनगर जेसीजको आतिथ्यतामा हुन लागेको तालिममा क्षेत्र क का ४२ वटा शाखा सहकार्य रहेको क्षेत्र क का तालिम आयुक्त राजेश खत्रीले बताउनु भयो । यसै वर्षबाट सुरु भएको क्षेत्रीय तालिम प्रतिष्ठानले आयोजना गरेको यो पहिलो तालिम हो ।

तालिममा सहभागि हुन क्षेत्र क का शाखाहरुबाट कम्तिमा एक जनाका दरले तथा सो भन्दा माथिको सहभागिता हुने आतिथ्यता शाखा कमलनगर जेसीजका अध्यक्ष नारायण बस्नेतले बताउनु भयो ।
होटल रोडस्टारमा हुने तालिमको प्रमुख प्रशिक्षकका रुपमा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष तथा क्षेत्र क का निरुपित कार्यकारीणी दिपेन्द्र निरौला रहनु भएको छ ।