बाहुण्डाँगी, २७ पुस । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले नेपाल जेसीजका हरेक शाखाहरुमा जेसीज गाउँ अभियानलाई योजनाका रुपमा ल्याएको बताउनु भयो ।
विरगञ्ज जेसीजको ४८ औँ पदहस्तान्तरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय खनालले आफुले उम्मेदवारीकै क्रममा वार्षिक योजनामा प्रस्तुत गरेको योजनालाई सार्थक रुप दिन योजनाबद्ध रुपमा अघि बढ्ने बताउनु भयो ।

‘देशका सबै शाखामा यो अभियानलाई सँगै लिएर अघि बढ्ने योजना छ’–कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका खनालले भन्नु भयो–‘यसका लागि एक महिनापछि हुने काउन्सुलर मिटिङमा बृहत छलफलका रुपमा राखिनेछ ।’ अध्यक्ष खनालले जेसीज युवाहरुलाई सवल र सक्षम बनाउन सीपमुलक तालिम सञ्चालन गर्ने बताउँदै हरेक क्षेत्रमा क्षेत्रीय तालिम प्रतिष्ठानको स्थापना गर्ने बताउनु भयो ।
साथै अध्यक्ष खनालले २०२२ मा विरगञ्ज जेसीजको आतिथ्यतामा हुन लागेको ४९ औँ राष्टिय महाधिवेशनलाई सफल बनाउनका लागि आफुले सक्दो साथ र सहयोग गर्ने बताउनु भयो ।

सोही समारोहमा २०२१ का नवनिर्वाचित अध्यक्ष रञ्जन राउतले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । २०२० का अध्यक्ष मुकेश सिंहले आफ्नो गलामा भएको जेसीज चेन नवनिर्वाचित अध्यक्ष राउतलाई हस्तान्तरण गर्दै सपथ ग्रहण गराउनु भएको थियो ।

शाखाको कार्यकारिणी उपाध्यक्षमा त्रिलोकीनाथ साह, बिजय अग्रवाल, उपाध्यक्षमा सुखसागर गौरो, प्रकाश शर्मा, गिरिश ढुंगेल, स्वेच्छा रौनियार, महासचिबमा अजय चौधरी, कोषाध्यक्षमा अर्बिन्द श्रेष्ठ, कानुनी सल्लाहकारमा अमृत गौरो लगायतलाई अध्यक्ष राउतले सपथ ग्रहण गराउनु भएको थियो ।

कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा शाखाका पूर्व अध्यक्ष प्राध्यापक डा. सिनेटर दिपक शाक्य, नेपाल जेसीजका महमसचिव सिनेटर विकास मानन्धर, कानुनी सल्लाहकार गोकुल सापकोटा, कार्यकारीणी उपाध्यक्ष सिनेटर अरुणकुमार दाहाल, विरगञ्ज जेसीजका संस्थापक अध्यक्ष पशुपति बिक्रम साह, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, वीरगञ्ज जेसिजका पुर्व अध्यक्षहरु, विभिन्न शाखाका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवम् वीरगञ्ज जेसिजका पुर्व अध्यक्ष गोपाल केडियालाई सम्मान पत्र सहित सम्मान समेत गरिएको नवनिर्वाचित अध्यक्ष रन्जन राउतले जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका अन्य पदाधिकारीहरु तथा अतिथिहरुलाई पनि मायाको चिनोसहित सम्मान गरिएको बीरगञ्ज जेसिज वर्ष २०२० का कोषाध्यक्ष प्रेम पटेलले बताउनुभयो ।

