संघ \संस्था

किर्तिपुर जेसीजको अध्यक्षमा आशिष सिंह निर्वाचित

बाहुण्डाँगी, २७ पुस । किर्तिपुर जेसीजको २०२१ को अध्यक्षमा आशिष सिंह सर्वसम्वत निर्वाचित हुनु भएको छ ।
शाखाको अधिवेशनले सिंहलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा सुमित्रा पन्त, रमित महर्जन, कानुनी सल्लाहकारमा रविन्द्र महर्जन, महासचिवमा ग्यारोस महर्जन, कोषाध्यक्षमा अमन महर्जन, उपाध्यक्षहरुमा प्रतिमा महर्जन, आश्चार्य महर्जन, असिम महर्जन र प्रतिक महर्जन, सहसचिवमा रशिल महर्जन, सहकोषाध्यक्षमा तेजी महर्जन, थिम डाइरेक्टरमा विनेश डङ्गोल र अध्यक्ष सल्लाहकारमा प्रविन महर्जन चयन हुनु भएको २०१८ का अध्यक्ष नरेन्द्र महर्जनले बताउनु भयो ।
शाखाका अध्यक्ष नगेन्द्र सिंहको सभापतित्व तथा युवा तथा खेलकुद राज्य मन्त्री राजेन्द्रकुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अधिवेशनको निर्वाचन आयुक्त हर्षमान महर्जन रहनु भएको थियो ।