बाहुण्डाँगी, २७ पुस । कमलनगर जेसीजको अध्यक्षमा छत्रपति खनाल (गोपाल) निर्वाचित हुनु भएको छ ।
हालै सम्पन्न शाखा अधिवेशनबाट खनालले २०२१ को नेतृत्व गर्न अवसर पाएका हुन् ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा देवेन्द्र दाहाल, भिम अधिकारी, उपाध्यक्षहरुमा रमा दुलाल, प्रविन खड्का, नविन भण्डारी ।र तिर्थ पौडेल निर्वाचित भएका शाखाका अध्यक्ष हेम दाहालले बताउनु भयो । अन्य पलदहरु भने पदहस्तान्तरण समारोहमा मनोनित गरिने अध्यक्ष दाहालले बताउनु भयो ।

