झापा । यही भदौ ३ गते प्रर्दशनमा आउने चलचित्र ‘माइकल अधिकारी‘ को टिम शनिबार भोलि पुर्व आउने भएका छन्।
नेपाली कथानक चलचित्र ‘माइकल अधिकारी’ प्रदर्शनको अन्तिम चरणको प्रचारप्रसारको लागि उक्त टिम पुर्व आउने भएको हो ।
पुर्बका विभिन्न सहरहरु बिर्तामोड, इटहरी र बिराटनगरमा शनिबार कलकार सहितको पत्रकार समेलन आयोजना गरिने निर्माता निरक पौडेलले बताए।
चलचित्र भदौ ३ गते श्री कृष्णअष्टमीको अवसर पारेर देशभरका हलहरुमा प्रदर्शनमा आउने छ । उद्धव पौडेल प्रस्तुतकर्ता रहेको फिल्मलाई निरक पौडेलले निर्माण गरेका छन् ।
चलचित्रमा सौगात र सृष्टिसँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरालगायतको मुख्य अभिनय छ । साथै उक्त चलचित्रमा स्थानीय कलाकारको समेत भुमिका रहेको छ। चलचित्र झापा र ईलामको बिभिन्न स्थानमा छायाङकन गरिएको छ।

