संघ \संस्था

बाहुण्डाँगी जेसीजको भदौ १ गतेबाट जेसीज सप्ताह सुरु

मेचीनगर । बाहुण्डाँगी जेसीज वर्ष २०२२ को जेसीज सप्ताह भदौ १ गतेबाट हुने भएको छ । आइतवार शाखाको बोर्ड बैठकले १ गतेबाट सप्ताह सुरु गर्ने निर्णय गरेको हो ।

सप्ताह अन्तर्गत १ गते शाखाको स्वागत बोर्डको पुनः मर्मत तथा मिनी माउटेनमा नयाँ स्वागत बोर्ड राख्ने, ३ गते कृष्ण अष्टमीका दिन कृष्णथुम्कीमा पानी वितरण, ४ गते जिल्ला फुटबल संघको जिल्ला स्तरीय खेलाडी छनोट, ९ गते लामीटार आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण र ११ गते विभिन्न सम्मानसहित कार्यक्रम समापन हुने शाखाका अध्यक्ष हेमन्त मोक्तानले बताउनु भयो ।

सप्ताहका लागि २०२२ का कार्यक्रम संयोजक केवल निरौलालाई मुल आयोजक संयोजक तथा किरण गौतम, सुष्मा मिश्र, नित्यानन्द चम्लागाई, रोशन गिरीलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको महासचिव प्रविण भण्डारीले बताउनु भयो ।