राजनीति

राप्रपा देशको नयाँ शक्तिको रूपमा उदाएको छः ज्ञानेन्द्र शाही

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्नो पार्टी देशको शक्तिको रूपमा उदाएको बताएका छन् ।

कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमका लागि सोमबार झापा पुगेका प्रवक्ता शाहीले देशभर राष्ट्रिय प्रजातन्त्र पार्टीको जनलहर छाएको बताउँदै योे शक्तिको रूपमा विकशित भइरहेको बताए ।

उनले देशमा अहिले चरम भ्रष्टाचार, हत्या हिंसा र बेथिति मौलाएको भन्दै त्यसलाई जरैदेखि निर्मुल पार्ने पार्टी राप्रपा मात्रै भएको भन्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा सबैले राप्रपामा भोट हालेर जिताउँनु पर्नेमा जोड दिए ।