बाहुण्डाँगी । यहि भदौ १७ गतेबाट सुरु हुने नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलनको उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आउने हुनु भएको छ ।
इन्द्रपुर जेसीजको आतिथ्यतामा हुन लागेको सम्मेलनको उद्घाटनका लागि ओली सुन्दरहँरैचास्थित इन्द्रपुरमा आउने कार्यक्रम निश्चित भएको शाखाका अध्यक्ष भवानी ढकालले बताउनु भयो । शाखाको सचिवालयमा उद्घाटन हुने सम्मेलनको तयारीमा रहेको इन्द्रपुरले उद्घाटनमा ओलीलाई ल्याउने भएको हो ।
सम्मेलनमा सहभागि हुन क्षेत्र ‘क’ का ४३ वटा शाखाका करिब ७ सय जेसीजकर्मीहरुको सहभागिता हुने शाखाका निवर्तमान अध्यक्ष कृष्ण ओझाले बताउनु भयो । सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ ।

